Categories समाचार

एक १० बर्षिया बालिकाको नदीमा डुबेर मृत्यु

Advertisement

वीरगञ्ज । पर्सा, बिन्दवासिनी गाउँपालिका, वडा नम्बर ५, प्रसौनी भाट्ठामा एक जना १० बर्षिया बालिका साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएको छ।

घटनामा स्थानीय आलिम राउत गद्दीकी छोरी साजिदा खातुन बाख्रा चराउन गएकी थिइन्। शुक्रबार दिउँसो २ बजे बाख्रा चराउन गएकी साजिदा गाउँको पश्चिमपट्टि रहेको धुतहा नदीमा डुबेर बेपत्ता भएकी थिइन्।

Advertisement

स्थानीय प्रहरी चौकी प्रसौनी भाट्ठाका अनुसार, नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएका थिए। तर, उपचारको क्रममा नारायणी अस्पतालमै बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ।

Advertisement

मृतक बालिकाको दाई ईब्राहिम राउत गद्दीका अनुसार, अहिले खातुनको शव परीक्षणको लागि नारायणी अस्पतालमै राखिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *