Categories समाचार

मन्त्री गुप्ताको पहिलो निर्णय : लुम्बिनीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माण

Advertisement

काठमाडौं । लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माणको लागि जग्गा सिफारीस गर्ने निर्णय गर्दै नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदवहाली गरेका छन् ।

नेकपा एमालेका सांसद मन्त्री गुप्ताले यो क्षेत्रमा भईरहेको राजनीतिकरणका विरुद्ध संसद देखी सार्वजनिक मञ्चहरुमा आफ्ना धारणा व्यक्त गर्दै आएका थिए । यो क्षेत्रमा जारी अती राजनीतिकरणलाई कानूनी प्रवन्धबाटै निरुत्साहित गर्न जरुरी रहेको ठहर गर्दै मन्त्रीका रुपमा पहिलो निर्णय गरेको उनले बताए ।

Advertisement

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ को दफा ४ (१) मा ‘नेपाल सरकारको नाममा रहेको कुनै सरकारी जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा उपयोगको लागि दिन सकिनेछ भन्ने व्यवस्था उल्लेख भएको एवं ऐ. कार्यनीतिको दफा ४(२) मा कुनै सरकारी निकायलाई सरकारी जग्गा आवश्यक भएमा देहायका निकायले सिफारिस सहित कार्यालयमा लेखी पठाउनु पर्ने’ नीतिगत व्यवस्था गरिएको उनको मन्त्रालयले जनाएको छ ।

Advertisement

नेपाल सरकार अन्तर्गतका निकायको हकमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय , प्रदेश सरकारको हकमा सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र स्थानीय तहको हकमा कार्यपालिकाको निर्णय सहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने पनि निर्णय गरिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको मिति २०८१/०२/२० को कार्यपालिकाको बैठकबाट जग्गा प्राप्तिको सिफारिसको लागि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने निर्णय गरेको गरिएको छ ।

साथै लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीको च.नं. ४२२० मिति २०८१/०२/३१ को पत्रबाट आवश्यक कागजात संलग्न गरी जग्गा सिफारिसको लागि अनुरोध भई आएको हो । संलग्न (कार्यपालिकाको निर्णय, जग्गा धनि पुर्जाको प्रतिलिपि र परियोजनाको DPR) कागजातको आधारमा मालपोत कार्यालय, रुपन्देहीलाई सिफारिस सहित लेखि पठाउन मन्त्री गुप्ताले निर्णय गर्नु भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *