Categories समाचार

ओली नेतृत्वको सरकार ‘डबल इन्जिन’को हो, लामो समय चल्छ : खानेपानीमन्त्री यादव

Advertisement

बिरगंज। नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्। सोमवार पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन्।

उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको भएकाले लामो समय चल्ने बताए। उनले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताए। उनले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेको भन्दै आफ्नो अवधिसम्म चल्ने बताए।

Advertisement

उनले भने, ‘यो सरकार लामो समय चल्छ, किनकी यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ। यो इन्जिन एकदम लामो समय चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ। यो सरकार आफ्नो अवधिसम्म चल्छ। डबल इन्जिनको सरकारलाई सफल बनाऔँ।’

Advertisement

उनले डबल इन्जिनको सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *