Categories समाचार

वीरगंजको सफाईमा कुनै सम्झौता नगर्न मेयर सिंहको निर्देशन

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहोर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई निर्देशन दिनुभएको छ ।

वर्षातको समयमा नाला जाम भएर हुन सक्ने डुबानको समस्यालाई समाधान गर्न ३२ वटै वडामा रहेका नालाहरु आजै देखि पूर्णरुपमा सफाई गर्न उहाँले सफाइकर्मीका नाइकेहरुलाई निर्देशन दिनुभएको हो ।

Advertisement

वीरगंजको सफाईमा आफूले कसैसँग कुनै सम्झौता नगर्ने भन्दै उहाँले त्यसका लागि फोहोर संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिन पनि उहाँले सफाइकर्मीलाई निर्देशन दिनुभएको हो ।

Advertisement

वीरगंजमा फेरि फोहोर बढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले फोहोर व्यवस्थापनमा हेलचेक्रयाई गर्ने सफाइकर्मीलाई कारवाही गरिने चेतावनी पनि दिनुभयो ।

‘मलाई ठूलो चिन्ता छ, वीरगंजमा फेरि फोहोर बढ्यो’ उहाँले भन्नुभयो, ‘यसको समाधान मलाई चाडो चाहियो, अन्यथा म सबैलाई कारवाही गर्छु ।’

यस्तै प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सफाइमा कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उहाँले थप जनशक्तिको आवश्यक परे त्यो पनि व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

बैठकमा योजना प्रमुख अवधेश साह, सरसफाई शाखा प्रमुख सर्फूद्दिन मियाँ, वातावारण शाखा प्रमुख राकेश साह, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, महानगरको सरसफाई संयोजक प्रकाश खेतान, ३२ वटै वडाका सफाईकर्मीका नाइकेहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *