Categories समाचार

वीरगञ्ज पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना

Advertisement

वीरगञ्ज। वीरगञ्ज पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले पुष्ठि गरे । उनकाअनुसार वीरगञ्जदेखि नारायणगढ हुँदै भैरहवाका लागि चल्ने बस दुर्घटनामा परेको हो । 

Advertisement

भारत बेन्च कम्पनीदेखि ५० मीटर दक्षिणतिर र ज्योती फर्मको अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा १५/१६ जना यात्रु घाइते भएका छन् । 

Advertisement

घाइतेहरुको वीरगञ्जको गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । घाइतेको थप विवरण केही बेरमा उपलब्ध गराउने पनि उनले बताए । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *