वीरगन्ज । वीरगन्जमा आयोजना गरिएको मानसिक स्वास्थ्य शिविरबाट ९० जना लाभान्वित भएका छन् ।
युनिसेफको सहयोगमा वीरगन्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले शुक्रबार आयोजना गरेको मानसिक स्वास्थ्य शिविरमा विभिन्न उमेर समूहका ३० महिला सहित ९० जनाले चेकजाँच गराएका छन् ।
महानगरको वडा नम्बर १८ भवानीपुर स्वास्थ्य चौकीको परिसरमा आज भएको शिविरमा सामान्यदेखि गम्भीर मानसिक स्वास्थ्य समस्या देखिनुका साथै परामर्श दिइएको कार्यक्रमका श्रोत व्यक्ति अनिशकान्त कुशवाहाले जानकारी गराए ।
उनका अनुसार २ वर्षदेखि ९४ वर्षसम्म उमेर समूहकाले शिविरमा सहभागी भई लाभ लिएका हुन ।
युनिसेफको प्रतिनिधिको रुपमा शिविरमा सहभागी बेकी प्रसाईंले मन्तव्य राख्दै भनिन्, “मानसिक रोग पनि शारीरिक रोगहरु जस्तै एक प्रकारको समस्या हो जुन उपचार पश्चात ठीक हुन्छ । मानसिक रोग लागेकालाई घृणा र हेलाको नजरले हैन, मायाको नजरले हेरौं । मानसिक रोगीको उपचारमा आजै लागौं, आजको उचित उपचारले भोली हुनसक्ने जटीलता र दुर्घटनाबाट बच्न सकिन्छ ।”
वडा अध्यक्ष उमाशंकर तिवारीको अध्यक्ष्तामा भएको सो शिविरमा नगर प्रमुखका राजनीतिक सल्लाहकार उमेशलाल शहनि, स्वास्थ्य व्यवस्थापन समितिका गोपि साह, लालबहादुर पटेल, मनोचिकित्सक डाक्टर रामप्रकाश शाह, डाक्टर चन्दन चौधरि, मनोपरामर्श कर्ता रमिता श्रेष्ठ, कन्चन श्रीवास्तव, स्वास्थ्य चौकि प्रमुख रामजिनिस चौरासीया, ज. स्वा. नि.”कुन्दन गुप्ता,अ. न. मि. आरति यादब, महानगर स्वास्थ्य शाखाका ज. स्वा.नि. सुनिल कुर्मि, सि. अ. न. मि निरीक्षक इन्दिरा लोहनि, पोषण सहजकर्ता खुस्बु श्रीवास्त्व, युनिसेफका लता बज्राचार्य, अमोद राउतलगायतको उपस्थिति रहेको थियो ।







