Categories समाचार

दिल्ली पब्लिक स्कुलकाे बसले भारतबाट मालसामान तस्करी गर्दै आएकाे खुलासा

Advertisement

वीरगन्ज । चाैधरी ग्रुपद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलकाे विद्यार्थी ओसार्ने स्कुल बसले भारतबाट मालसामानकाे तस्करी गर्दै आएकाे खुलासा भएकाे छ। विद्यार्थी ओसार्ने बहानामा दिल्ली पब्लिक स्कुलकाे बसमा भारतकाे रक्सौलबाट नेपालमा मालसामानकाे तस्करी हुदैं आएकाे रहस्य खुलेकाे हाे ।

बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरमा सञ्चालित दिल्ली पब्लिक स्कुलकाे विद्यार्थी ओसार्ने प्रदेश २-०३-००१ क ०११६ नम्बरको स्कुल बसबाट राजश्व छलेर भारतबाट वीरगन्ज ल्याउँदै गरिएको ३ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्यकाे कपडा र माेबिल सशस्त्र प्रहरीले बरामद गरेकाे छ।

Advertisement

शुक्रबार रक्साैलमा विद्यार्थीहरुलाई पुर्याएर फर्किदै गरेकाे उक्त स्कुल बसलाई वीरगन्ज भन्सार क्षेत्रमा राेकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा बसभित्रबाट राजश्व छलीकाे २ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्य बराबरका कपडा र माेबिल बरामद भएकाे सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए।

Advertisement

बरामद उक्त सामान र बससहित बसका चालक बाराकाे परवानीपुर गाँउपालिका-४ का ३२ वर्षिय किशाेरी राम र सहचालक वीरगन्ज-११ श्रीपुरका ४२ वर्षिय दीपक गिरीलाईपनि नियन्त्रणमा लिइएको रिजालले जानकारी दिए।

बरामद सामानकाे २ लाख ६३ हजार ७ सय र बसकाे ३० लाख गरी कूल ३२ लाद ६३ हजार रुपैयाँ मूल्यांकन गरेर चालक र सहचालकसहित आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *