Categories समाचार

वीरगन्जमा पर्सा सुनचाँदी व्यवसायी संघले निकाल्यो विजयी र्‍याली

Advertisement

वीरगन्ज । पर्सा सुन चाँदी व्यवसायी संघले आज वीरगन्जमा विजयी र्‍याली निकालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा पर्साबाट नवनिर्वाचितहरुको सम्मान स्वरुप विजयी र्‍याली निकालिएको हो ।

अषाढ १४ र १५ गते काठमाडौंमा सम्पन्न नवौं, दशौ र एघारौं साधारणसभा तथा चौथो महाधिवेशनबाट केन्द्रीय सदस्यमा वीरगन्जका व्यवसायी मनोज कुमार सर्राफ र स्थायी आमन्त्रित सदस्यमा बिकास कुमार सर्राफ निर्वाचितभएका थिए ।

Advertisement

पर्सा व्यवसायी संघमा आबद्ध रही व्यवसायीहरुको सुख दुख र समस्यामा सधै संगै रहने मनोज र बिकास केन्द्रीय सदस्यमा विजयी भएपछि सम्मान स्वरुप विजयी र्‍याली निकालिएको कालिगढ संघका हरिओम सर्राफले जानकारी गराए ।

Advertisement

भुलन सर्राफको नेतृत्वमा आइतबार दिनको १० बजे घण्टाघरबाट निस्केको विजयी र्‍याली नगरको विभिन्न स्थानमा रहेको सुनचाँदी पसल परिक्रमा गर्नुका साथै धन्यवाद ज्ञापन तथा शुभकामना आदानप्रदान गरिएको थियो ।

सो र्‍याली सुनचाँदी सम्बन्धित पेशामा आबद्ध रहेकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *