Categories स्वास्थ्य

शनिबार सम्पन्न कार्यक्रममा ६६ जनाले गरे रगत दान

Advertisement

वीरगन्ज । वीरगन्जमा शनिबार सम्पन्न एक कार्यक्रममा ६ महिला सहित ६६ जनाले रगत दान गरेका छन् ।

उपकार सेवा नेपाल, राउन्ड टेबल नेपाल र श्री बलिराम युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ जनाले रगत दान गरेका हुन ।

Advertisement

वीरगन्जको राणीसती अतिथि सदनमा सम्पन्न कार्यक्रममा समाजसेवी ओमप्रकाश सर्राफ, राजेन्द्र भट्टराई, स्वयंसेवक लीलाधर साह, नवीन चौरसिया र प्रसान्त कुमार पण्डितलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

उपकार सेवा नेपालकि अध्यक्ष विध्या सरावगी, सदस्य सज्जन अग्रवाल, सुमन बगडिया, अंकुर शर्मा, राउन्ड टेबल नेपाल(BRT3) का चेयरमेन अंकुर भांगर, सदस्य सौरभ पोद्धार, निशान्त चाचान, शुभ्म केडिया, र श्री बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम् गुप्ता, कोषाध्यक्ष शेषनाथ महतो, सचिव श्याम नारायण साहका साथै तिनै संस्थाका पदाधिकारी सदस्यको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा रक्त सञ्चार केन्द्र पर्साका प्राविधिक अधिकृत सौरभ राज पाण्डेको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *