अनिल गुप्ता
वीरगन्ज । बसको ठक्करबाट ५० वर्षीय एक पुरुष गम्भीर घाइते छन् । बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं १५ डुमरवाना टोल बस्ने अन्दाजी ५० वर्षका नारायण अधिकारी गम्भीर घाइते भएका छन् ।
कलैया बाट वीरगन्ज तर्फ आउँदै गरेको ना.३ ख ८५१६ नम्बर को सिटी राइड बसले एल एस न्युरो हस्पिटलमा आफन्त भेटन आएका अधिकारीलाइ ओभर टेक गर्ने क्रममा हस्पिटल अगाडि ठक्कर दिएको हो ।
घाइते भएका अधिकारीको उपचार एल एस न्युरो हस्पिटलमा भइरको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार रहेका चालकको खोजी भइरहेको छ ।






