वीरगन्ज । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर र अलखिया मठमा साउनको पहिलो सोमबार आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
अहिले पशुपतिनाथ र अलखिया मठमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन्।
साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। पशुपतिनाथ मन्दिर अलखिया मठ सहित देशभरका शिवालयमा भक्तजनको विशेष भीड लागेको छ।
प्रचारप्रसारका कारण ओझेलमा परेको पिपरा चिनीमिल स्थित रहेको पशुपतिनाथ मन्दिरको संरक्षण प्रवर्द्धन तथा सौन्दर्यकरण नगर प्रमुख राजेशमान सिंहको विशेष पहलमा भएपछि गतवर्षदेखि साउनभर मेला लाग्ने गरेको छ ।










