Categories समाचार

पूर्व राज्यमन्त्री रायको हत्या, तालिम प्राप्त कुकुर सहितकाे टाेली पुग्याे घटनास्थल

Advertisement

सर्लाही । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

घरमा एक्लै सुतेको बेला राति १ बजे धारिलो हतियारले टाउकाेमा प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो।घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेको छ।

Advertisement

‘घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,’ डीएसपी श्रेष्ठले  भने, ‘तालिम प्राप्त कुकुरसहितको टोली प्रदेश प्रहरी कार्यालयबाट पनि आएको छ। हामी घटनास्थलमै छौँ। थप अनुसन्धान हुँदैन।’

Advertisement

प्रहरीले मुचुल्का उठाएर शव पाेष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ। राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए। उनी अहिले पनि राप्रपामै आवद्ध रहेका स्थानीयले बताएका छन्। 

रायका पत्नी र छोरा-बुहारी काठमाडौँमा बस्ने गरका स्थानीयले बताएका छन्। ‘उहाँ पनि केही दिनअघि मात्रै घरमा आउनु भएको खुलेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्याको कारण खुलेको छैन। घरमा एक जना कामदार र उहाँ मात्रै बस्ने गरेको पाइएको छ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *