वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरूसहितको ट्रक पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुधबार अन्दाजी साढे ४ बजे वीरगञ्ज म.न.पा.वडा नं.२५ चण्डाल चोकबाट ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरू पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अन्दाजी १ करोड ८२ लाख ६ हजार ४ सय ३८ रुपैयाँ बराबरको काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरेको थियो ।
थप अनुसन्धान तथा कारवाहीका लागि सो ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।






