Categories समाचार

लागू औषध सहित दुई युवक पर्साबाट पक्राउ

Advertisement

वीरगञ्ज । लागू औषध सहित दुई जना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अन्सारी रहेका छन् ।

Advertisement

आज (बिहीबार) करिब ११:४० बजे वीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वाटोल स्थित सशस्त्र प्रहरी बल नेपाल र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले ति दुवै युवकलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार नियमित चेकजाँच गर्ने क्रममा संकाष्पदरूपमा पैदल हिंडिरहेको व्यक्तिहरूलाई रोकी खानतलासी गर्दा निजहरुले लगाएको जुत्ता र आफ्नो शरीरमा कालो प्लाष्टिकमा लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध नाइट्राभेट ३८ पत्तामा ५७० ट्याब्लेट फेला परेको थियोे ।

लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *