नयाँदिल्ली । भारतको झारखण्डमा आज (मंगलबार) बिहान रेलका १० डिब्बा लिकबाट उछिट्टिएका छन् । डिब्बा उछिट्टिँदा ६ जना घाइते भएका छन् ।
झारखण्डको सराइकेला–खरसावन जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेलका १० डिब्बा लिकबाट बाहिरिएको बीबीसी हिन्दीले जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । बडाबम्बु नजिकै बिहान ४ः४५ बजे रेल दुर्घटना भएको हो ।
यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ ।






