Categories शिक्षा

शिक्षालाई निःशुल्क बनाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रियो संयुक्त विद्यार्थी प्यानल

Advertisement

धनुषा । राजर्षी जनक विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संयुक्त विद्यार्थी प्यानलले विश्वविद्यालय शिक्षालाई निःशुल्क बनाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिएको छ। अखिल क्रान्तिकारी, अनेरास्ववियु, र समाजवादी विद्यार्थी युनियनले साउन १७ गते हुने स्ववियु निर्वाचनमा यो प्रतिवद्धताका साथ संयुक्त उम्मेद्वारी दिएका छन्।

गठबन्धनमा चुनाव लडिरहेका यी संगठनहरूले २१ बुंदे संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। विश्वविद्यालयमा रहेका समस्याहरू समाधान गरी विद्यार्थीहरूको हक, हित, र अधिकारको प्राप्ति र रक्षा गर्न स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १४ वटा पदका लागि उम्मेद्वारी पेस गरिएको संयुक्त विद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार श्याम साहले जानकारी दिए।

Advertisement

संयुक्त विद्यार्थी प्यानलमा अखिल क्रान्तिकारीले सभापति पद पाएको छ भने समाजवादी विद्यार्थी युनियनको हकमा सचिव पद र अनेरास्ववियुले कोषाध्यक्ष पाएको छ। सदस्य तर्फ अनेरास्ववियुले २, अखिल क्रान्तिकारीले १, र समाजवादी विद्यार्थी युनियनले ३ वटा सिट पाएका छन् भने समानुपातिक तर्फ तीनैले समान दुई दुई वटा सिट पाएका छन्।

Advertisement

प्रतिवद्धतापत्रमा विश्वविद्यालयको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा छाप्न लगाउने सुनिश्चितता उल्लेख छ। विद्यार्थीहरूका लागि बस सेवा, छात्रावास, सम्पूर्ण विद्यार्थीहरूको स्वास्थ्य बीमा, र निःशुल्क स्वास्थ्य परीक्षण अनिवार्य गर्न व्यवस्था गराइने छ भनिएको छ।

राजर्षी विश्वविद्यालयका उपकुलपति अमर प्रसाद यादवले निर्वाचनको तयारी व्यवस्थित रहेको र निर्वाचन १७ गते नै हुने बताए। “निर्वाचन समितिले सबै काम औपचारिक तरिकाले व्यवस्थापन गरेको छ, कुनै किसिमको समस्या छैन,” उनले भने।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *