Categories समाचार

मधेशका मुख्यमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई २२ बुँदे माग

Advertisement

जनकपुरधाम। मधेश सरकारले हुलाकी राजमार्गको काम यथाशीघ्र पूरा गर्नुपर्नेलगायतका २२ बुँदे माग संघीय सरकारलाई बुझाएको छ ।

मुख्यमन्त्री शतिशकुमार सिंहले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको मागपत्रमा निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रमुख शहरसँग सम्पर्क हुनुपर्ने माग पनि छ ।

Advertisement

प्रदेशको विकासका निम्ति दीर्घकालीन सकारात्मक असर पार्ने केही योजनालाई आफूहरुले अघि बढाउन खोजेको भन्दै मुख्यमन्त्री सिंहले यसमा संघीय सरकारले साथ दिनुपर्ने बताएका छन् ।

Advertisement

जनकपुर जयनगर रेल यातायातमा मालवाहक रेलको व्यवस्था हुनुपर्ने, हुलाकी राजमार्ग अन्तर्गत कमला पुल लगायत अन्य पुल निर्माण पूरा गर्नुपर्ने, जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गणको सौन्दर्यकरण गर्नुपर्ने माग पनि मुख्यमन्त्रीले बुझाएका छन् ।

यस्तै जनकपुरधामस्थित बाह्रबिघा रंगभूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेश प्रदेशका आठवटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोर को निर्माण हुनुपर्ने माग पनि मुख्यमन्त्री सिंहले राखेका छन् ।

कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने, भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधन प्रबन्ध मिलाउन माग गरेका छन् ।

कृषि अनुदान कृषकको खातामा सिधै जानुपर्ने व्यवस्था मिलाउनु पर्ने, बारा तथा पर्सामा औ‌द्योगिक करिडोर कार्यान्वयनमा ल्याउनुपर्ने,

हरेक जिल्लामा उद्योग क्षेत्र निर्माण गर्नुपर्ने, मधेश प्रदेशमा आईटी पार्क निर्माण गर्नुपर्ने प्रदेश सरकारको माग छ । अनलाइनखबरबाट साभार

हेर्नुहोस् मागहरू : 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *