काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
शिवपुरी गाँउपालिका–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।
घटनास्थलमा प्रहरीहरु पुगि सकेकाले अहिले जलिरहेको हेलिकप्टरमा आगो निभाउने र उद्धार कार्य जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनु भयो ।
उक्त हेलिकप्टरमा चार जना यात्रु र चालक दलका सदस्य सवार रहेको प्रारम्भिक विवरण आफुहरुलाई प्राप्त भएको प्रजिअ अधिकारीले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी छ । साभार : नेपाल टेलिभिजन






