Categories समाचार

१० किलो चरेश सहित २ भारतिय नागरिक पक्राउ

वीरगंज । १० किलो प्रतिबन्धित लागु औषध चरेश सहित २ जना भारतिय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पकाउ पर्नेमा भारतको पूर्वी चम्पारण रक्सौल वडा नम्बर १ का ३५ वर्षिय अनवर आलम र मोतिहारी पूर्वी छतौनका २२ वर्षिय ईम्तेयाज आलम रहेका छन् ।

Advertisement

प्रहरीका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट स्थित सडकमा नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध चरेश फेला परेको थियो ।

Advertisement

प्रहरीले लागु औषध चरेश सहित निजहरुलाई औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्साका प्रहरी प्रवक्ता एवम डिएसपी दिपक भारतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *