Categories एजेन्सी

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

Advertisement

एजेन्सी । बंगलादेशमा राजनीतिक अस्थिरताका बीच मंगलबार राति अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ।नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन्।

राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरेका हुन्।राष्ट्रपति र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको भेटमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको प्रेस सचिवले जानकारी दिए। बैठकमा तीनै सेनाका प्रमुखको समेत उपस्थिति थियो।

Advertisement

विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुंगो लगाइने प्रेस सचिवले जानकारी दिए।विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै यही अगस्ट ५ मा भारत भागेपछि बंगलादेशमा अन्तरिम सरकार गठन गरिएको हो। 

Advertisement

नुस हाल देशबाहिर छन्। तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका थिए।युनुस लघु ऋण आन्दोलनका प्रणेता मानिन्छन्। जो शेख हसिनाका शत्रु पनि हुन्।‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *