Categories एजेन्सी

शेख हसिनाका छोराले भने– आमाको ज्यान बचाएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद

Advertisement

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिव वाजिद जोयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद भनेका छन् । यति कम समयमा जानकारी दिएर पनि आफ्नो आमाको ज्यान बचाएको भन्दै उनले मोदीलाई कृतज्ञता व्यक्त गरेका हुन् ।

आफ्नी आमा अझै केही समय भारतमै बस्ने पनि उनले बताए । बंगलादेशमा हिजो राति मात्रै बनेको अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै हसिना बंगलादेश फर्किने उनले बताएका छन् ।

Advertisement

टाइम्स अफ इन्डियासँगको कुराकानीका क्रमम उनले भने, ‘म मेरो पार्टी र कार्यकर्ताहरूलाई बचाउन जे पनि गर्नेछु । यसका लागि राजनीतिमा आउनु परेपनि म पछि हट्ने छैन ।’ 

Advertisement

अवामी लिगले आगाी चुनावमा भाग लिनेमा उनी विश्वस्त देखिए । आफूहरूसँग बंगलादेशका जनताको सबैभन्दा ठूलो समर्थन रहेको र चुनावमा पार्टीले जित्ने सम्भावना भएको पनि उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *