Categories समाचार

ई–हाजिरी यथाशीघ्र लागु गर्न मातहतका निकायलाई खानेपानी मन्त्री यादवको निर्देशन

Advertisement

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय अन्तर्गतका सबै निकाय र कार्यालयहरूलाई यथाशीघ्र ई–हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा केही समयअघि ई–हाजिरीको प्रारम्भ गरिएको भए तापनि यसको प्रयोगमा कमी आएको गुनासो बढ्दै गएपछि मन्त्री यादवले यो निर्देशन जारी गर्नुभएको हो ।

मन्त्री यादवले कर्मचारीहरूको उपस्थितिको नियमितता, पारदर्शिता, र सुशासन सुनिश्चित गर्न ई–हाजिरी प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउन र यसबाट कर्मचारीहरूको उपस्थिति, बिदा, र काज सम्बन्धी रेकर्ड व्यवस्थित गर्न सबै कार्यालयहरूलाई कडा निर्देशन दिनुभएको छ । उहाँले कुनै पनि निकाय वा कार्यालयले ई–हाजिरी लागू नगरेको पाइएमा यथाशीघ्र यो प्रणाली लागू गर्नुपर्ने कुरा स्पष्ट पार्नुभयो ।

Advertisement

यादवले रानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भैँसेपाटी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर, र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग त्रिपुरेश्वरलाई विशेष रूपमा ई–हाजिरी लागू गर्न निर्देशन दिनुभएको छ ।

Advertisement

मन्त्री यादवका निजी सचिव भक्तराज जोशीका अनुसार, मन्त्रीले ई–हाजिरी लागू गरेर कर्मचारीहरूको बिदा, काज लगायतका रेकर्डहरूको जानकारी मन्त्रालयमा नियमित रूपमा अद्यावधिक गराउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, “ई–हाजिरी प्रणालीबाट बिदा, काज लगायतका विषयहरूलाई व्यवस्थित गरेर समय पालना र पारदर्शिता बढाउन सबै कार्यालयहरूले यसलाई अनिवार्य रूपमा लागू गर्नु पर्दछ ।” निर्देशपछि मन्त्रालय अन्तर्गतका सबै निकायहरूमा ई–हाजिरीको प्रयोग अनिवार्य र नियमित हुने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *