Categories समाचार

आफ्नै पार्टीले सोध्यो मधेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

Advertisement

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता शरदसिंह यादवले जानकारी लिए । मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि छ ।

Advertisement

बजेट बनाउने क्रममा सांसदहरुलाई ५ करोड दिने भनेर विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पुर्‍याएकाले पनि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले बताए । साभार : अनलाइनखबर

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *