Categories समाचार

कुलमानले सुनाए आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि

बिरगंज। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सुनाएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताएका छन् ।

उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरण अहिले उल्लेख्य नाफामा गइसकेकको बताएका हुन् । ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले. ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’ उनले पत्रकार सम्मेलनका क्रममा भने ।

Advertisement

२०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएको बताउँदै उनले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको जानकारी दिए ।

Advertisement

आठ वर्षअघि पहिलो कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त हुँदा प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको घिसिङले बताए ।

प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको पनि उनले बताए । सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत् पुर्‍याउन नि:शुल्क मिटरसमेत वितरण गरिएको उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *