वीरगञ्ज । प्रतिबन्धित लागु औषध सहित पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार जि.मोतीहारी सकराहा थाना वडा नं.९ बस्ने ३५ वर्षीय धुरेन्द्र राम र उनको श्रीमती ३२ वर्षीय मधु देवी रहेका छन् ।
बिहीबार वीरगञ्ज भन्सार कार्यालय अगाडी भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा आउँदै गरेका ति श्रीमान श्रीमतीलाई खानतलासी गर्दा सेतो बोराभित्र लागु औषध भेटिएको थियो ।
प्रहरीका अनुसार TROHMA-50 लेखिएको ४४८ पत्तामा १० पिसको दरले ४४८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा ४,५०४ पिस ट्याबलेट फेला परेको थियो ।
यस विषयमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।







