Categories एजेन्सी

शेख हसिनालाई देश छाड्न बाध्य पार्ने आन्दोलनका दुई अगुवा विद्यार्थी बने मन्त्री

Advertisement

एजेन्सी । शेख हसिनाविरुद्ध आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बंगलादेशको नवगठित अन्तरिम सरकारमा मन्त्री बनेका छन् । हसिनालाई सत्ताच्युत गरी देश छोड्न बाध्य पारेको आन्दोलनको अगुवाइ गरेका नाहिद इस्लाम सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री र असिफ महमुद युवा तथा खेलकुदमन्त्री बनेका बंगलादेशी मिडिया ढाका ट्रिब्युनले लेखेको छ ।

नाहिद आरक्षण सुधार आन्दोलनका मुख्य नेतामध्ये एक थिए । यो आन्दोलन पछि शेख हसिनाको सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । सन् १९९८ मा ढाकामा जन्मेका नहिद ढाका विश्वविद्यालयमा सन् २०१६ देखि समाजशास्त्र अध्ययनरत छात्र हुन् । आसिफ विभेदविरुद्ध विद्यार्थी आन्दोलनका अर्का समन्वयकर्ता थिए । उनी पनि ढाका विश्वविद्यालयमा सन् २०१७ देखि भाष विज्ञानका विद्यार्थी हुन् ।

Advertisement

बंगलादेशमा अन्तरिम सरकारको प्रधान सल्लाहकार पदमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिइसकेका छन् । उनी कार्यभार सम्हाल्न बिहीबार स्वदेश फर्केका थिए । विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिना वाजेद प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *