Categories एजेन्सी

पश्चिम बंगालको मेडिकल कलेजमा महिला डाक्टर अर्धनग्न अवस्थामा मृत भेटिइन्

Advertisement

‘गुप्तांग, आँखा र मुखबाट रगत बगिरहेको थियो’

बिरगंज। भारतीय राज्य पश्चिम बंगाल सरकारद्वारा सञ्चालित आरजी कार मेडिकल कलेज तथा अस्पतालमा एक महिला डाक्टर अर्धनग्न अवस्थामा मृत फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ। त्यसयता राज्यको राजनीतिक तापक्रम पनि तातिएको छ। भारतीय जनता पार्टीले महिला डाक्टरको बलात्कारपछि हत्या भएको दाबी गरेको छ। 

‘गुप्तांग, आँखा र मुखबाट रगत बगिरहेको थियो’
प्रहरीले पनि उक्त घटना आत्महत्या मान्न नसकिने बताएको छ। एक प्रहरी अधिकारीले यो आत्महत्या नभएको बताए। उनले महिला डाक्टरको बलात्कारपछि हत्या भएको बताए। प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार पीडितको गुप्तांगबाट रगत बगिरहेको र शरीरका अन्य भागमा चोट पाइएका छन्।

Advertisement

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘पीडितको आँखा र मुखबाट रगत बगिरहेको थियो। अनुहार र नङमा चोटको निसान थियो। पीडितको गोप्य अंगबाट पनि रगत बगिरहेको थियो। उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औँला र ओँठमा चोट लागेको कोलकाता प्रहरीका अर्का एक वरिष्ठ अधिकारीले बताए।

Advertisement

गर्धनको हड्डी पनि भाँचिएको थियो

महिला चिकित्सकको गर्धनको हड्डी पनि भाँचिएको पाइएको प्रहरी अधिकारीले बताएका छन्। उनले भने, ‘पहिले महिलाको घाँटी थिचिएको देखिन्छ। हामी पूर्ण पोस्टमार्टम रिपोर्टको प्रतीक्षामा छौँ, जसले हामीलाई दोषी पहिचान गर्न मद्दत गर्नेछ।’ गत शुक्रबार अस्पतालको सेमिनार हलमा एक महिला डाक्टरको अर्धनग्न शव भेटिएको थियो। प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागको दोस्रो वर्षका विद्यार्थी ती बिहीबार राति ड्युटीमा रहेको बताइएको छ। उनको शरीरमा चोट देखिएका छन्।

पीडितका बुवा भन्छन् : बलात्कारपछि हत्या गरियो

महिला डाक्टरका बुवाले पनि गम्भीर आरोप लगाएका छन्। उनले आफ्नी छोरीलाई अस्पतालभित्रै बलात्कार र त्यसपछि हत्या गरिएको दाबी गरेका छन्। अहिले सत्य लुकाउने प्रयास भइरहेको उनको आशंका छ। 

पीडितका बुवाले भने, ‘मेरी छोरीको हत्या हुनुअघि बलात्कार भएको थियो। उनको शरीरमा लागेको चोटको निसान त्यसको प्रमाण हो। उनी अर्धनग्न अवस्थामा भेटिएकी थिइन्। सत्य लुकाउने प्रयास भइरहेको छ। अस्पताल प्रशासनले अनुसन्धानमा किन ढिलाइ गरिरहेको छ, मैले बुझ्न सकेको छैन।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *