Categories समाचार

जंगलको च्याउ खाँदा एकै परिवारका आठ जना अस्पताल भर्ना

Advertisement

गुल्मी । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । आइतबार साँझ जंगलबाट ल्याएको विषालु च्याउ खाँदा रेसुंगा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेका हुन् । 

आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राति बिरामी परेका थिए । च्याउ खाएर ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement

गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *