Categories समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित भाथा बाबाको मेला दर्शन गरी फर्कने क्रममा पर्साको जानकी टोलास्थित नहरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटना जानकी टोलाको प्रहरी चौकी नजिकै नहरमा ट्याक्टर अनियन्त्रित भई पल्टिंदा भएको हो।

मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका–७, टिहुकी निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

Advertisement

प्रहरी निरीक्षक राजन ढकालका अनुसार प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई नहरमा पल्टिएको थियो, जसले गर्दा चालक प्रेम मुखियाको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement

पर्सा प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *