Categories समाचार

७८ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो स्कुल बस र एम्बुलेन्स उपहार

Advertisement

वीरगञ्ज । भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा भारतीय दूतावासले स्कुल बस र एम्बुलेन्स हस्तान्तरण गरेको हो।

भारतले स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस प्रदान गर्दै आएको छ। यो परम्परालाई निरन्तरता दिँदै, भारतले हालसम्म १,००९ एम्बुलेन्स र ३०० स्कुल बस नेपाललाई प्रदान गरिसकेको छ।

Advertisement

भारतीय दूतावासले दिएको जानकारी अनुसार, पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको छ भने ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजनाको शिलान्यास गरिएको छ।

Advertisement

यस अवसरमा नेपाल-भारत मित्रता र सहकार्यको नयाँ अध्याय थपिएको भारतीय दूतावासले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *