बिरगंज। जनैपूर्णिमा पर्वको अवसरमा यही भदौ ३ गते सोमबार संघीय सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
२०७८ र २०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थिएन।







