Categories समाचार

मधेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन करार सम्झौता

Advertisement

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्। यो सम्झौता आर्थिक वर्ष २०८१/२०८२ का वार्षिक कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न गरिएको हो।

मुख्यमन्त्री सिंहले विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग कार्यसम्पादनको सूचक र मुख्य नतिजा क्षेत्रहरूलाई समावेश गर्दै कार्यसम्पादन विवरण तयार पार्ने र भदौ १५ भित्र स्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन्। यस सम्झौतामा भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, शिक्षा तथा संस्कृति, गृह, सञ्चार तथा कानुन, स्वास्थ्य तथा जनसंख्या, अर्थ, खेलकुद तथा समाजकल्याण, वन तथा वातावरण, ऊर्जा, सिँचाइ तथा खानेपानी, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका मन्त्रीहरू सहभागी छन्।

Advertisement

मुख्यमन्त्रीले श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय भने प्रादेशिक राजधानी जनकपुरधाम बाहिर रहेकाले सम्झौता गर्न सकेनन्, तर उनको पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको छ।

Advertisement

मुख्यमन्त्री सिंहका अनुसार, यो सम्झौता मन्त्रालयका कामकाजमा प्रगति, पारदर्शिता, र समयबद्धता कायम गर्न मद्दत गर्नेछ। उनले मासिक, चौमासिक, र वार्षिक कार्यसम्पादन मूल्याङ्कनमार्फत मन्त्रालयका कामको स्थिति र जिम्मेवार व्यक्तिको पहिचान गर्न सजिलो हुने बताए। यस सम्झौताले कर्मचारीहरूको दायित्वबोध र मन्त्रालयको कार्यदिशा स्पष्ट पार्ने विश्वास उनले व्यक्त गरे।

प्रदेश प्रमुख सचिव लोकनाथ पौड्यालले भदौ १५ भित्र कार्यसम्पादनका सूचक र मुख्य नतिजा क्षेत्र निर्धारणसहितको विवरण तयार पारेर स्वीकृत गरिसकेपछि सम्झौताको प्रक्रिया पूरा भएको मानिने बताए। पौड्यालका अनुसार, यो सम्झौता कार्यान्वयनले मन्त्रालयका कामको स्थायित्व र समानुपातिक वितरणलाई प्रोत्साहित गर्नेछ, जसबाट कामको नियमितता र व्यवस्थितता सुनिश्चित हुनेछ। साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *