३५० जना मतदातामध्ये ३२३ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए।
वीरगञ्ज। शनिबार अबेर राति आएको मतपरिणामबाट पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्ष पदमा भुलन प्रसाद सोनार पुनः निर्वाचित भएका छन्। आफ्ना प्रतिद्वन्दी प्रवेश कुमार प्रसाद सोनारलाई १३ मतले हराउँदै दोस्रो कार्यकालका लागि भुलन निर्वाचित भएका हुन्।
भुलनले कुल १६२ मत प्राप्त गर्दा प्रवेशले १५९ मत ल्याएका थिए।
त्यस्तै उपाध्यक्ष पदमा कौशलकिशोर सर्राफ र जय प्रकाश सर्राफ विजयी भएका छन्। कौशलले १५३ मत प्राप्त गरे भने जय प्रकाशले १४४ मत पाए। महासचिव पदमा अनिल कुमार सरार्फले १७७ मत प्राप्त गर्दै विजयी हासिल गरे।
सचिव पदमा विकास कुमार सर्राफ १४६ मत सहित विजयी भए भने कोषाध्यक्ष पदमा विजय कुमार सर्राफ १५१ मत ल्याएर विजयी भए।
संघको सदस्यहरूमा विजय कुमार सर्राफ (आदर्श), मनोज कुमार साह सोनार, लछुमन कुमार सर्राफ, विजय कुमार सर्राफ (भिम), शशी प्रसाद सोनार, सुरज सर्राफ विजयी भएका छन्। महिला सदस्यका रूपमा पुजा देवी निर्वाचित भएकी छिन्।







