Categories समाचार

इजी इट्सले मनायो तेस्रो वार्षिकोत्सव, कर्मचारी सम्मानित

Advertisement

वीरगन्ज । इजी इट्स कम्पनीले आज तेस्रो स्थापना दिवस मनाएको छ । वीरगञ्जको होटल मकालुमा एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिम्रन चौरसियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीमा कार्यरत १५ जना कर्मचारीलाई उपाहार दिएर सम्मान गरिएको थियो ।

Advertisement

कम्पनीका निर्देशक निरज पटेलले साथ सहयोग दिएकोमा कर्मचारीलाई धन्यवाद दिए ।

Advertisement

उनले कर्मचारीका साथ र सहयोगले हेटौडामा शाखा खोल्न सफल भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले नेपालबाट दैनिक हजारौं विदेशिँदै गरेका युवालाई रोक्न इजी इट्सले योगदान दिएको बताए । “दुई युवाको प्रयासले थप १५ जना युवालाई स्वदेशमै रोजगारी पाएका छन्, रोजगारीका लागि विदेश जान परेको छैन ।” उनले भने । युवाले थालेको यस्ता कदमलाई समाजले प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।

बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुबीचमा आयोजना गरिएको क्वीज प्रतियोगितामा सही उत्तर दिनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीका आइटी प्रमुख अंकित चौरसिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नन्दिनी कुमारी ठाकुर र समिर अलीले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *