Categories समाचार

कार दुर्घटनामा एक भारतीयको मृत्यु

Advertisement

काठमाडौं । पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति पौने ११ बजेतिर तानसेन–१, स्थित नारायण डाँडामा दुर्घटनामा परेको हो।

Advertisement

कार सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। कारमा सवार अन्य पाँचजना भने सकुशल रहेको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *