वीरगञ्ज । पर्सा प्रहरीले लागु औषधसहित एक युवतीलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा ११ भर्याङ टोल बस्ने वर्ष २३ की सुस्मिता परियार रहेकी छिन् ।
वीरगञ्ज भन्सार अगाडि नियमित चेकजाँचको क्रममा उनी पक्राउ परेकी हुन ।
परियारले लगाएकी कालो रगंको ट्रयाक पाईन्ट मुनि दाहिने र बाँया खुट्टाको तिघ्रामा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध NOOPHIN-१० एम्पुल, PHENERGAN -१० एम्पुल र DIZEΡΑΜ-१० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिन म्याद थप लिइ थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीजे बताए ।







