Categories समाचार

अमेरिकामा नेपाली युवतीमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक

काठमाडौ । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ।

होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो। सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्।

Advertisement

प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभइसकेको बताएको छ। यद्यपि मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ। प्रहरीले अभियुक्त पहिचानका लागि समूदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *