Categories समाचार

चट्याङ लागेर ३ वर्षीय बालकको मृत्यु, एक जना घाइते

Advertisement

दैलेख । दैलेखको आठबीस नगरपालिका–५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको ज्यान गएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकले जानकारी दिए ।

Advertisement

हिजो बेलुका चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि गएराति कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको र उपचार भइरहेको कमलाका श्रीमान नबिन बिष्टले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *