Categories एजेन्सी

भारतमा बाढीले २८ जनाको मृत्यु

बिरगंज । भारतको गुजरातमा ४८ घण्टादेखि जारी मुसलधारे वर्षाले हजारौँ मानिस प्रभावित भएका छन्। बाढीका कारण २८ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थलमा लगिएको छ। 

गुजरातको बडोदरा शहर सबैभन्दा बढी प्रभावित भएको छ। जहाँबाट लगभग सबै मानिस विस्थापित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरात सरकारका प्रवक्तासमेत रहेका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलका अनुसार शहरका कैयौँ इलाकामा १० देखि १२ फिटसम्म पानी भरिएको छ। 

Advertisement

गुजरातमा पछिल्ला ४ दिनदेखि वर्षा जारी छ भने दुई दिनयता मुसलधारे वर्षा भइरहेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार दुई दिनमा मात्रै १६ जनाको मृत्यु भएको हो। बडोदरासहित गुजरातको सौराष्ट्र, जामनगर, पोरबन्दर, मोरबी, जूनागढ र राजकोट जिल्लामा भारी वर्षाले अस्तव्यवस्त बनेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *