वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा रहेको हरि खेतान बहुमुखी क्याम्पसले आयोजना गरेको एक दिने नैतिक सिप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
किताबी ज्ञान संग संगै अतिरिक्त क्रियाकलापहरुले सिकाइमा सकारात्मक असर गर्छ भन्दै क्याम्पसले कक्षा १२ मा अध्यनरत करिब ३ सय जना बिद्यार्थीहरुलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक प्राध्यापक दिलीप प्रजापतिले बताए ।
वीरगन्जको त्रिस्ला रेस्टुरेन्टमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमका प्रशिक्षक देवेश गुप्ता मानवसेवाले भविष्यमा के गर्ने बारे अहिलेनै अठोट लिएर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए । उनले ठोस गन्तब्य बनाई त्यसलाई कार्यान्यवन गर्नेतिर ध्यान दिन आग्रह गरेका थिए।
क्याम्पस प्रमुख किशोरी रायको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि डा. राम अवतार खेतानले बिद्यार्थीहरुलाई आफ्ना अनुभव सुनाए । उनलेे भने, `भविष्यमा सफल हुनका लागि वर्तमानमा लगनशीलता सहितको पढाइ बाहेक अर्को कुनै उपाय नरहेको बताए ।´
कार्यक्रममा क्याम्पसका शिक्षक, बिद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण कक्षा १२ मा अध्यनरत दुई छात्राले गरेकी थिइन् ।








