Categories समाचार

धामीझाँक्रीको भर पर्दा एक महिलाको मृत्यु

Advertisement

बिरगंज । विषालु गोमन सर्पले डसेपछि तत्काल उपचारका लागि अस्पताल नलगेर धामीझाँक्रीको भर पर्दा एक महिलाको मृत्यु भएको छ ।

शौचालयबाट फर्किने क्रममा शनिबार देब्रे खुट्टामा सर्पले डसेकी सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित परिहारपुर गाउँ माइती रहेकी करिब ३० वर्षीया सरिताकुमारी सदायको सर्पले टोक्दा समयमा उपचार नगराइ धामीझाँक्रीको भरपर्दा मृत्यु भएको छ । सर्पले डसेको थाहा पाएपछि घरका मानिसले डसेको भागमाथि डोरीले बाँधेर गाउँकै धामीझाँक्रीकोमा लगेको थियो ।

Advertisement

अवस्था गम्भीर बन्दै गएपछि धामीले अस्पताल लैजानुपर्ने बताए । अन्तिम अवस्थामा अस्पताल ल्याएकी उनको उपचार सुरु भएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले मृतकको आइतबार बिहान पोस्टमार्टम गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइएको बताए । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर विवाह भएकी उनी माइतीमै बस्दै आएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *