Categories समाचार

बिदाका दिन सरकारी अस्पताल खोल्न प्रधानमन्त्री कार्यालयको पत्र

बिरगंज । सार्वजनिक बिदाका दिन सरकारी अस्पतालले सेवा दिनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिदामा बहिरंग सेवा खोल्न ध्यानाकर्षण गराएको छ।

सरकारी अस्पतालहरूले सेवा रोकेको जनगुनासो बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको हो।

Advertisement

उक्त भदौ ७ गते पठाएको र हालै मात्र सार्वजनिक भएको उक्त पत्रमा प्रधानमन्त्री कार्यालयले २०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्बन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसँग सार्वजनिक बिदाको दिन पनि सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन हुने व्यवस्था उल्लेख छ।

Advertisement

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरू दिन जस्तै गरी बिदाको दिनमा पनि पूर्ण रूपमा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। अस्पतालहरूले सार्वजनिक बिदाका दिन खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा दिनुपर्ने उल्लेख छ।

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा बहिरंग सेवा बन्द हुन थालेको भन्दै प्रधानमन्त्री कार्यालयले बहिरंग सेवा अनिवार्य सञ्चालन गराउन ध्यानाकर्षण गराएको हो। कतिपय सरकारी अस्पतालले सार्वजनिक बिदाको दिन बहिरंग सेवा बन्द गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *