Categories समाचार

५ अर्ब भुक्तानी गरेपछि एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

बिरगंज । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेललाई पाँच वर्षका लागि नवीकरण गरेको छ।

एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि सरकारले पाँच वर्षका लागि नवीकरण गरेको हो। यसअघि एनसेलले ४ अर्ब भुक्तानी गरेको थियो।

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले कूल ५ अर्ब भुक्तानी गरेपछि एनसेललाई नवीकरण गरिएको बताए। उनका अनुसार एनसेलले यसअघि जेठ १४ गते ४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

Advertisement

मन्त्रिपरिषद् बैठकले गत भदौ १३ गते सर्तसहित एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउनुपर्ने सरकारले शर्त राखेको छ। किस्ताहरू तिर्दा दस प्रतिशत ब्याज लिने निर्णयसमेत सरकारले गरेको छ। एनसेलले एकपटकमा झन्डै २५ करोड हाराहारी नवीकरण शुल्क तिर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *