Categories समाचार

दीपक मनाङेले राजीनामा दिदै भने – अब मेरो भाइ मन्त्री बन्छ

Advertisement

काठमाडौं । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार राजीनामा दिएका उनले आफूले अर्को भाइलाई मन्त्री बनाउन भनेको बताएका छन् ।

सोमबार एमाले सरकारमा सहभागी भएपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्वमा रहेका मनाङेले वन तथा वातावरण मन्त्रालय पाएका थिए । तर, उनी त्यसमा सन्तुष्ट बनेनन्, उल्टै राजीनामा दिए ।

Advertisement

मनाङकै अर्को भाइ छ, योङ छ, मुनिन्द्र गुरुङलाई मन्त्री बनाउनू भनेको छु,मनाङेले भने । वन तथा वातावरण मन्त्रालयमा मन्त्री नै नचाहिने उनको भनाइ छ । हामीले हेर्ने तितेपातीको झ्याङ हो । कहाँ वन हेर्न पाउँछ हामीले ?, उनले भने ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *