Categories समाचार

अधिकृत काफ्लेमा अनुशासनहिंता देखिएका कारण भ्रमण रद्द गरियो : मन्त्री गुप्ता 

Advertisement

काठमाडौं । संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाकि प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेमा कर्मचारी अनुशासनहिंता देखिएका कारण कारवाही स्वरुप अमेरिका भ्रमण रद्द गरिएको बताएका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेको विषयमा संसदीय समितिमा प्रश्न उठेको थियो ।

Advertisement

समितिमा बोल्दै मन्त्री गुप्ताले आफूले काफ्लेको भ्रमण रोकेको स्वीकार गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई ४÷५ दिनदेखि बोलाउँदा पनि मन्त्रालयमा नआएको उनको  भ्रमण रद गरिएको उनले बताए ।

Advertisement

काफ्लेले जीतपुरसिमराबाट पायक पर्ने ठाउँमा सरुवा गर्छौं भन्दा पनि नसुनेको मन्त्री गुप्ताले बताए । काठमाडौं बसेर पनि मन्त्रालयलाई नटेरेको भन्दै उनले भने, ‘हामीले मुद्दा पनि खेप्ने अनि विदेश पनि पठाउने भनेर एलाभेन्थ आवरमा मैले रोकेको हुँ ।’

मन्त्री गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका थिए । काफ्लेसहित १२ जना कर्मचारी ‘पब्लिक फिनान्सियल म्यानेजम्येन्ट’ बिषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । 

त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुप्ताले नै विदेश जान रोक्ने निर्णय गरेका थिए ।मन्त्री गुप्ताले संसदीय समितिमा मन्त्रालयलाई नटेरकाले भ्रमण रद्द गरेको जवाफ दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *