Categories समाचार

जथाभावी फोहोर फाल्ने राश्वपा पर्सा इन्चार्ज हरि पन्तद्वारा संचालित होटललाई २५ हजार जरिबाना

वीरगंज । शौचालयको फोहोर सोझै नालामा खसाउने
वीरगंजको आदर्शनगरस्थित होटल कन्ट्री इनलाई वीरगंज महानगरपालिकाले २५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

होटल एशोसियशन पर्साका अध्यक्ष हरि पन्तद्वारा संचालित होटल कन्ट्रि इनले शौचालयको दुर्गन्धित फोहोर सोझै नालामा खसाएको भेटेपछि जरिबाना गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा इन्चार्ज समेत रहेका पन्तद्वारा संचालित होटलले सरसफाईमा लापरवाही गरेको भेटिएपछि कारबाही स्वरुप जरिबाना गरिएको मियाँले बताए । वीरगंज महानगरपालिकाले नगर सफाईमा कडाई गर्दै आएको छ ।

जथाभावी फोहोर फाल्ने संघसंस्था तथा व्यक्तिलाई जरिवाना गर्दै आएको महानगरले फोहोर संकलनका लागि दैनिक तीन पटक टोलटोलमा ट्याक्टरसहित सफाइकर्मी परिचालन गर्ने गरेको छ ।

सरसफाईमा शुन्य सहनशीलता अपनाएको महानगरले जथाभावी फोहोर फाल्ने जो कोहीलाई पनि जरिबाना गरेर सचेत गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *