Categories अर्थ

बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम

Advertisement

बिरगंज । सुनको मूल्य आज बढेको छ। मूल्य बढेसँगै स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको लागि एक तोला सुनको मूल्य एक लाख ५३ हजार ३०० रूपैयाँ निर्धारण भएको जनाएको छ। यसअघि भदौ १३ गत्ते एक लाख ५३ हजार दुई सय रूपैयाँ काय भएको थियो।

Advertisement

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार ३०० रूपैयाँ बढेको हो। बिहीबार स्थानीय बजारमा एक लाख ५२ हजार तोला सुन किनबेच गरिएको थियो।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ। आजको लागि एक तोला चाँदीको मूल्य एक हजार ७९५ निर्धारण गरिएको छ। बुधबार चाँदीको मूल्य एक हजार सात सय ६५ रूपैयाँ तोकिएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *