Categories समाचार

गैंडाको आक्रमणबाट एक गाइडको मृत्यु, एक अमेरिकी नागरिकसहित दुई जना घाइते

Advertisement

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।

Advertisement

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा घटना भएको हो ।

Advertisement

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । अर्का घाइते वन हेरालु हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *