श्याम सर्राफ
वीरगन्ज । नेपाल सोनार समाज पर्साको आयोजनामा बसेको स्वजातियहरुको बैठकले हरेक तह, तपका र व्यवसायमा लागेकाहरुसँग हातेमालो गरि समाज उत्थानमा लाग्ने निर्णय गरेको छ ।
नेपाल सोनार समाज, पर्साका संयोजक भुलन सर्राफको अध्यक्ष्तामा बसेको बैठकमा विभिन्न पेशामा लागेका स्वजातिय अग्रजहरुले समाज उत्थानका लागि सबैले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने जोड दिएका थिए ।
साथै सुनचाँदीसँग सम्बन्धित पेशा व्यवसाय गर्ने मात्रमा सिमित समाजलाई फराकिलो बनाइ विभिन्न पेशा व्यवसायमा लागेका स्वजातिहरुलाई अपनत्व बोध गराउन पनि अगुवाहरुको दायित्व रहेकोले मन ठुलो बनाएर लाग्न अपिल गरे ।
मंगलबार बिहान वीरगन्जको आदर्श ईन होटलमा बसेको बैठकले आउँदै गरेको विश्वकर्मा पुजा भव्य र व्यवस्थित गर्नेबारे पनि छलफल गरेको थियो ।
विश्वकर्मा पुजा पश्चात् वृहत् भेला गरि समाज उत्थानका कार्यहरु अगाडि बढाउने योजना तयार गरिएको नेपाल सोनार समाज पर्साका सचिव विजय कुमार सर्राफले जानकारी गराए ।
समाजका अध्यक्ष सर्राफले खुट्टा तान्ने दुईजना भएपनि सहयोग गर्नेको संख्या बढीरहेकोले सम्पूर्णको साथ भए केही महिना भित्रै समाजका लागि देख्ने काम गर्ने वाचा गर्नुभयो ।
बैठकमा डाक्टर विजय सर्राफ, बैजुलाल स्वर्णकार, ओमप्रकाश सर्राफ, मनोज कुमार सर्राफ, बिक्की सर्राफ, हरिओम सर्राफ, किशान सर्राफ, दयाशंकर सर्राफ लगायत विभिन्न पेशामा आबद्ध स्वजातियहरुको उपस्थिति रहेको थियो ।







