वीरगन्ज । नेपाल सिएमए संघ पर्साकाे २१ औँ स्थापना दिवसको अवसरमा आयाेजना गरिएको कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् ।
आज वीरगन्जमा आयाेजित रक्तदान कार्यक्रममा ४६ जनाले रगत दान गरेका हुन।
वीरगन्जस्थित नारायणी अस्पताल छेउकाे नेपाल मेडिकल एशाेसियसनकाे भवनमा आयाेजित रक्तदान कार्यक्रममा अमरेस यादव,आबिद हुसेन,मुक्ति नारायण साह,राकेश साह लगायतले रगतदान गरेका हुन् ।
संघका जिल्ला अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । स्वागत मन्तव्य संघका सहसचिव महम्मद रियाज हुसेनले दिएका थिए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य रामदयाल महतो, जन स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुभाष गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको सिएमए संघ पर्साका सहसचिव हुसेनले जानकारी दिए ।







